advertisement

चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि भारतमै निर्भर रहने गरेकाले त्यहाँ मूल्यमा आउने उतारचढावले यहाँ प्रभाव पार्ने गर्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

" /> कोरोना प्रभावले औषधिको कच्चा पदार्थमा ५० प्रतिशत मूल्यवृद्धि - Sarbocha Media

कोरोना प्रभावले औषधिको कच्चा पदार्थमा ५० प्रतिशत मूल्यवृद्धि

`

     २०७६ फाल्गुन १२ गते १:२९

काठमाडौं, १२ फागुन । चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ ।

नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ ।

कोभिड १९ भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ । त्यहाँबाट आयात गर्न समस्या भएकाले बजारमा कच्चा पदार्थको अभाव देखिन थालेको हो ।

advertisement

चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि भारतमै निर्भर रहने गरेकाले त्यहाँ मूल्यमा आउने उतारचढावले यहाँ प्रभाव पार्ने गर्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?