सेती प्रादेशिक अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु

`

     २०७९ श्रावण २० गते १०:२४

काठमाडौँ, साउन २० । सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालस्थित कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत कञ्चनपुर भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएको छ ।

श्रेष्ठका अनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो ।

उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए । नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?