आज नेप्सेमा ६.७ अंकको गिरावट

`

     २०७९ श्रावण १८ गते ३:२६

काठमाडौँ, साउन १८ । आज नेप्स ६.७ अंकलेघटेको छ । कुल ७७ कम्पनीको मूल्य घट्दा ९६ को बढ्यो भने ७ को स्थिर रह्यो । नेप्से परिसूचक भने ६.७ अंक घट्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य घटेकाले समग्र नेप्से घटेको हो । कम्पनी संख्याले नभई उच्च पुँजीकरण भएका कम्पनीको बजारमा बढी प्रभाव पर्दछ ।

दिनभर कुल ४ अर्ब २ करोडको कारोबार भयो । नेप्से २१८६ अंकमा कायम भएको छ । दिउँसो १ स् ४४ बजे नेप्से २२१४ अंकसम्म पुगेको थियो । जलविद्युत् ४२, माइक्रोफाइनान्स ७ र ब्यापार उपसमूह ८६ अंक बढे । बैंकिङ ९, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन १४, जीवन बीमा ७३, उत्पादन १३, निर्जीवन बीमा ८६ र अन्य उपसमूह १८ अंक घटे ।

सामलिङ पावर र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । युनाइटेड इदी मर्दी र समृद्धि फाइनान्सको मूल्य करिब ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपी पावर, हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रो र युनाइटेड इदी मर्दी क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?