आज नेप्सेमा ५४.५८ अंकका वृद्धि

`

     २०७९ श्रावण १५ गते ३:४३

काठमाडौँ, साउन १५ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५४.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१९५ अंकमा पुगेको छ । फाइनान्स उपसमूह ३२ अंक घट्यो भने अरु सबै बढे ।

बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंक बढे ।

कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको, आईएमई जनरल, प्रुडेन्सियलको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एसियन लाइफ, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?