काठमाडौँ, साउन १२ । आज नेप्सेमा १५.४९ अंकको वृद्धि भएको छ । सो अंकको वृद्धिपछि नेप्से २१२७ अंकमा कायम भएको छ । आज ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९७ करोड रुपैयाँको भयो
बैंकिङ १, विकास बैंक ८५, फाइनान्स ५९, होटल तथा पर्यटन ६४, जलविद्युत् २९, जीवन बीमा १५, माइक्रोफाइनान्स ७० र ब्यापार उपसमूह ४ अंक बढे । अन्य ३ र उत्पादन उपसमूह २४ अंक घटे । कुल १२५ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १० को स्थिर रह्यो । विन्ध्यवासिनी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त, एक्सल डेभलपमेन्ट र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो । कारोबार रकमका आधारमा अरुणकाबेली, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी, अपी र नागरिक लगानी कोष क्रमशस् अगाडि रहे । बजारको कुल पुँजीकरण ३० खर्ब ३७ अर्ब रुपैयाँ कायम भएको छ ।




