आज नेप्सेमा २३.८३ अंकको वृद्धि

`

     २०७९ श्रावण ११ गते ३:१६

काठमाडौँ, साउन ११ । आज नेप्सेमा २३.८३ अंकको वृद्धि भएको छ । सेयर बजारको परिसूचक नेप्सेले फेरि २१ सय अंक नाघेको छ । दिनभर उतारचढावका बाबजुत बढेको सेयर बजारमा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । कुल १५६ कम्पनीको मूल्य बढ्यो भने १८ को घट्यो, ६ को स्थिर रह्यो ।

ब्यापार बाहेकका सबै उपसमूहहरु बढेका छन् । सो उपसमूहको सूचक १२ अंक घट्यो । बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढे ।

त्यस्तै नेस्डो र जल्पा लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुण काबेली, गोर्खाज फाइनान्स, नेस्डो लघुवित्त र युनिभर्सल पावर क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?