काठमाडौँ, साउन ११ । बुद्धशान्ति गाउँपालिका–४ का एक १२ वर्षीय बालकको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । बुद्धशान्ति–४ का चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




