एजेन्सी, सबउन ११ । सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा पाराग्वेलाई २-० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको १६औं मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । २८ औं मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफमा पनि ब्राजिलले पाराग्वेलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो । अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्वियासँग साउन १४ गते राति प्रतिस्पर्धा गर्नेछ ।




