काठमाडौँ, श्रावण ९ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।
बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।
कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।




