काठमाडौँ, ९ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा आफु लगातार अघि बढिरहेको बताएकी छन् ।
भरतपुरलाई देशको नमूना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मैदानमा उत्रिरहेको उनको भनाई थियो ।
‘हामी कहिले पनि थाकेका छैनौ’ उनले भनिन्, ‘निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ । रोकिनेवाला पनि छैनौ । विकासका लागि सकेको कोशिस गरिराखेका छौ । लागि परिराखेका छौ ।’
मेयर दाहालले भरतपुर विमानस्थल विस्तारका गर्न बनेको कार्यदलले १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिइन् ।




