काठमाडौँ, साउन ८ । प्रहरीले सुनसरीबाट गाँजासहित १ जनालाई नियन्त्रणमा लिएको छ । धनकुटाका सहिदभूमि गाउँपालिका-२ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका अनुसार प्रहरीले राईलाई गाँजासहित सुनसरीको ईनरूवा नगरपालिका-४ पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई शंका लागि चेकजाँच गरिएको थियो। चेकजाँच गर्ने क्रममा ७ वटा बोरामा २०८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।




