काठमाडौँ, साउन ८ । सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कायर्यालय हरिवनले ५० हजार नक्कली नोटसहित १ भारतिय नागरिकलाई हरिवन बाट पक्राउ गरेको छ ।
हरिवन नगरपालिका वडा न ११ स्थित कार्की पुस्तक पसल नजिकबाट १ हजारका ५० थान नक्कली नोट सहित भारतको सोनवर्षाका अन्दाजी वर्ष ४० का लालमोहन पासवानलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनु भयो ।
ईलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी प्रमुख भएर प्रहरी निरीक्षक मुकेश ताम्राकार आएपछि हरिबनमा दूई नम्बरी काम ग्रने मोटरसाईकल चोरी लागू ओैषध प्रयोगकर्ताहरु र लागू ओैषध कारोवारीग्रनेहरुको निदहराम भएको छ ।




