आज नेप्सेमा २७ अंकको गिरावट

`

     २०७९ श्रावण ०६ गते ४:२५

काठमाडौं, साउन ६ । आज नेप्सेमा २७ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको छ । अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो ।

यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुनपुगेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ ।

२७ अंकमाथि घटेको बजारमा आज १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले आज ल्याउँदै गरेको मौद्रिक नीतिले हाल कार्यान्वयनमा रहेको सेयर धितो (मार्जिन लेन्डिङ) को ४र१२ को व्यवस्था परिमार्जन गर्ने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?