साढे १७ हजार प्रहरीको पद बढेपनि तलब बढेन,पुरानै तलब कायमले अन्याय भयो

`

     २०७९ श्रावण ०४ गते ८:४४

काठमाडौं, श्रावण ४ बुधबार । प्रहरी नियमावली संशोधन गरी सरकारले तल्लो तहका प्रहरीको मनोबल उकास्न भन्दै गत चैतमा तीनवटा नयाँ पद थपेर साढे १७ हजार प्रहरीको बढुवा गर्‍यो । तर, बढुवाको चार महिना हुन लाग्दा पनि उनीहरूको तलब भने बढेको छैन । प्रहरी नियमावली संशोधन गरी सरकारले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप गरेको थियो । ती पदमा गत चैतमा साढे १७ हजार प्रहरीको बढुवा भएको थियो । उनीहरूको ग्रेडलाई आधारभूत तलब बनाउने गरी नयाँ पदमा बढुवा गरिएको थियो । तर, अहिलेसम्म नयाँ तलब पाउन सकेका छैनन् । अर्थ मन्त्रालयले प्रहरीको नयाँ तलबमान स्वीकृत नगर्दा बढुवाको तीन महिनाभन्दा लामो समय हुँदा पनि प्रहरीले पुरानै तलब पाएका हुन् ।

थपिएका नयाँ पदमा अघिल्लो पदमा भन्दा धेरै तलब रहेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई बताउँछन् । नयाँ पदको तलबमान स्वीकृतिकै क्रममा रहेको उनी बताउँछन् । ‘उधारो फुली लगाएको अवस्था छ,’ एक वरिष्ठ नायब निरीक्षकले भने, ‘तलबमा कुनै फरक नहुँदा बढुवा भएको अनुभव भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?