आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने

`

     २०७९ श्रावण ०३ गते ११:४०

काठमाडौं, साउन ३ । स्ट्राइकर गाब्रियल जेसुस अनुबन्ध गरेको केही हप्तामै इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।

गत सिजन सिटीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका दुबै खेलाडी यस पटक लन्डन क्लबमा देखिने पक्का भएको हो । २५ वर्षीय जिन्चेन्को भित्राउन आर्सनल र सिटीबीच ३० मिलियन पाउण्डको सहमति बनेको छ । जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन् । जहाँ उनले प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?