चालू आर्थिक वर्ष को ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात

`

     २०७९ आषाढ २८ गते २:०५

काठमाडौँ, २८ असार । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

यस अवधिमा नेपालबाट सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । ४६ अर्ब ५८ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ ।

सोही अवधिमा ३९ अर्ब ११ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ । यसैगरी, यस अवधिमा ८ अर्ब ७ करोड रुपैयाँको धागो निर्यात भएको छ भने ८ र्ब ५ करोडको कार्पेट निर्यात भएको छ ।

यस्तै, ६ अर्ब ९ करोडको जुट निर्यात हुँदा ५ अर्ब ३ करोडको विभिन्न प्रकारका जुस निर्यात भएको छ । यसैगरी, ४ अर्ब ५ करोडको अलैँची, ४ अर्ब ३ करोडको रेडिमेड गार्मेन्ट, ३ अर्ब ३ करोडको पिना र ३ अर्ब ६० लाख रुपैयाँको चिया निर्यात भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?