advertisement

एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नियमित भ्रमण गरी फर्केको एक सातापछि अमेरिकी कंग्रेसका सदस्य अमी बेरा नेतृत्वको टोली आएको छ। बेराले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, अध्ययन टोलीका संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल, अर्थमन्त्री डा। युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता र सरकारी अधिकारीलाई भेटेर सम्झौता परिमार्जनबारे अमेरिकी धारणा स्पष्ट पारेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अमेरिकाको अडान - Sarbocha Media

एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अमेरिकाको अडान

`

     २०७६ फाल्गुन ११ गते २:३२

काठमाडौं, ११ फागुन । अमेरिकाले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको छ। एमसीसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले यस्तो अडान राखेका हुन्।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरूसँग छलफल गरेको थियो। अमेरिकीहरू एमसीसीको सहायक सम्झौता परिमार्जनमा भने सकारात्मक रहेको छलफलमा संलग्न एक अधिकारीले बताएका छन्। एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दर्जन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ।

advertisement

एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नियमित भ्रमण गरी फर्केको एक सातापछि अमेरिकी कंग्रेसका सदस्य अमी बेरा नेतृत्वको टोली आएको छ। बेराले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, अध्ययन टोलीका संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल, अर्थमन्त्री डा। युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता र सरकारी अधिकारीलाई भेटेर सम्झौता परिमार्जनबारे अमेरिकी धारणा स्पष्ट पारेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?