आज नेप्सेमा १६.६ अंकको गिरावट

`

     २०७९ आषाढ २३ गते ३:५७

काठमाडौं, असार २३ । आज नेप्से १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो ।

बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रह्यो ।

बिहीबार आरबीबी म्युचअल फन्ड, माउन्टेन हाइड्रो नपाल, सिटिजन म्युचअल फन्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड लगायतको सेयर मूल्य बढ्यो भने समित लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, गुराँश लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य धेरै घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?