advertisement

शनिबार राति नै भएको अर्को खेलमा शीर्षस्थानमा रहेको रियल मड्रिड भने लेभान्टेसँग १–० गोल अन्तरले पराजित भएको छ । लिगाको उपाधि होडमा रहेको मड्रिडको लागि यो ठूलो झट्का हो । यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ । रियल हारेसँगै बार्सिलोना २ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ ।

" /> कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि बार्सिलोनाले निकाल्याे सानदार जित - Sarbocha Media

कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि बार्सिलोनाले निकाल्याे सानदार जित

`

     २०७६ फाल्गुन ११ गते १:०६

एजेन्सी, ११ फागुन । स्पेनिस ला लिगामा बार्सिलोनाले एइबारलाई ५–० गोलले पाराजित गरको छ । कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा कप्तान मेस्सीले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए । खेल सुरु भएको १४ औं मिनेटमा इभान राकिटिचको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा आर्टुरो भिडालको पासमा मेस्सीले अग्रता दोब्बर पारे । लगत्तै ४० औं मिनेटमा मेस्सीले नै गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि दुई गोल थप्यो । ८७ औं मिनेटमा मेस्सीले नै गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । उनले डेब्यु गरेका मार्टिन ब्रेथवेटको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि आर्थरले गोल गर्दै ५–० को जित पक्का गरे ।

advertisement

शनिबार राति नै भएको अर्को खेलमा शीर्षस्थानमा रहेको रियल मड्रिड भने लेभान्टेसँग १–० गोल अन्तरले पराजित भएको छ । लिगाको उपाधि होडमा रहेको मड्रिडको लागि यो ठूलो झट्का हो । यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ । रियल हारेसँगै बार्सिलोना २ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?