नेपालमा थप २ जनामा हैजाका बिरामी भेटियो

`

     २०७९ आषाढ २२ गते ४:३३

काठमाडौँ, असार २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार नेपालमा थप २ जनामा हैजाका बिरामी भेटिएको छ । हेटौडा र चाँगुनारायण नगरपालिकामा २ जनामा हैजाका बिरामी भेटिएका बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।

नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए । अहिलेसम्म ५ जना बिरामीको उपचार भइरहेको छ ।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेकोे बताए ।

उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?