नेपालमा थप ९० जना सङ्क्रमित

`

     २०७९ आषाढ २१ गते ४:५०

काठमाडौँ, २१ असार । पछिल्लो २४ घण्टामा मुलुकभर थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?