डोटीमा भालुको आक्रमणाबाट १ जना गम्भीर घाइते

`

     २०७९ आषाढ २१ गते २:४७

काठमाडौँ, असार २१ । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट १ जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए । उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको साउँदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?