नेप्सेमा आज ९.७५ अंकको गिरावट

`

     २०७९ आषाढ २० गते ४:०७

काठमाडौं,असार २० । नेप्सेमा आज ९.७५  अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर परिसूचक बढ्न थालेपछि सेयर मूल्य बढेको मौका छोप्दै लगानीकर्ताहरूले आफूसँग भएको सेयर बिक्री अर्डर दिएपछि बजार घटेको हो ।

आज ९.७५ अंकको गिरावटसँगै नेप्से परिसूचक २०७६ अंकमा आइपुगेर बन्द भएको छ । यसक्रममा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा नेप्से घटेको हो ।

परिसूचक एकल अंकले घट्दा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७ रुपैयाँले बढ्दै १ हजार ४०३ रुपैयाँ पुगेको छ ।

यद्यपी, ग्लोबल आईएमई बैंकको डिबेन्चरमा भने ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । यसक्रममा आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै १७ करोड ५८ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि, हिमालयन डिस्टिलरीको सेयर १६ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?