नेपालमा थप ४४ जना सङ्क्रमित

`

     २०७९ आषाढ १४ गते ३:५९

काठमाडौँ, १४ असार । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?