advertisement

यस्तै रतुवामाई वृक्षरोपण आयोजनाको ६ सय ६४ बिघा जग्गा व्यक्तिले अतिक्रमण गरेको दाबी उनले गरिन्। ‘ठूलो मात्रामा सरकारी जग्गा अतिक्रमण भएको छ,’ उनले भनिन्, ‘तर प्रशासनले समस्या समाधान गर्न चासो दिएको छैन।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> झापामा पनि सरकारी जमिन अतिक्रमण - Sarbocha Media

झापामा पनि सरकारी जमिन अतिक्रमण

`

     २०७६ फाल्गुन १० गते २:२५

दमक, १० फागुन । झापामा करिब हजार बिघा सरकारी जमिन अतिक्रमणमा परेको छ। स्थानीय तहका जनप्रतिनिधिले जग्गा अतिक्रमण भए पनि हटाउन नसकिएको बताएका छन्।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कमल–५ स्थित सशस्त्र प्रहरी तालिम केन्द्रको दुई सय ५० बिघा जग्गा अतिक्रमण भएको बताइन्। उनले सशस्त्र प्रहरी बलको जग्गामा घर–टहरा बनाएर बसेका कारण हटाउन समस्या भएको बताइन्।

advertisement

यस्तै रतुवामाई वृक्षरोपण आयोजनाको ६ सय ६४ बिघा जग्गा व्यक्तिले अतिक्रमण गरेको दाबी उनले गरिन्। ‘ठूलो मात्रामा सरकारी जग्गा अतिक्रमण भएको छ,’ उनले भनिन्, ‘तर प्रशासनले समस्या समाधान गर्न चासो दिएको छैन।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?