काठामाडौं, असार १३ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ३५८ जनाको कोरोना परीक्षण गर्दा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ३३७ जनाको पिसिआर र एक २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २०८ जना सक्रिय संक्रमित छन्।
२० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।




