आज नेप्से सूचक ३१.२१ अंकले घट्यो

`

     २०७९ आषाढ ०८ गते ३:३३

काठमाडौं, असार ८ । नेप्सेमा बुधबार ३१.२१ अंकको गिरावट आएको छ । आज नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा पुगेको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ५.९४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.२५ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२० अंकले घटेको छ ।

बुधबार २२९ कम्पनिको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर कारोबार हुदा कुल ८४ करोड ३७ लाखको कारोबार भएको छ ।

आज ग्लोबल आईएमई समुन्नत स्किम र आधिखोला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज युनाइटेड मोदी हाइड्रो कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ६.४८ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा नबिल बैंकको शेयरको सबैभन्दा बढी कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?