बिस्कुट आकारको सुन लिएर हिँडिरहेका १ युवक पक्राउ

`

     २०७९ आषाढ ०७ गते ८:१६

काठमाडौँ, असार ७ । महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्सीबाट गौशालातर्फ पैदल आउदै गरेका सुशील साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?