नेप्सेमा ४९.३१ अङ्कको गिरावट

`

     २०७९ आषाढ ०६ गते ३:३१

काठमाडौँ, ६ असार । साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट आएको छ ।

नेप्से सोमबार पनि ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा आइपुगेको छ । साथै, सेन्सेटिभ इन्डेक्स ७.६६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ३.२८ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.४८ अंकले घटेको छ ।

त्यस्तै सोमबार २३० कम्पनिको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ७५ करोड ६ को कारोबार भएको छ ।

आज आधिखोला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सीवाइसी लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज तेर्हथुम पावर कम्पनिको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका पावरको शेयर मुल्य ९.३७ प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?