नेप्सेमा ७.५७ अङ्कको गिरावट

`

     २०७९ आषाढ ०३ गते १:३३

काठमाडौँ, ३ असार । शुक्रबार नेप्सेमा गिरावट आएको छ ।

अब देखि हरेक शुक्रबार ११ बजेदेखि १ बजे सम्म कारोबार हुने भएसँगै आज नेप्से ७.५७ अंकको गिरावटपछि १९७१.३६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.६९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ अंकले घटेको छ ।

त्यस्तै शुक्रबार २२० कम्पनिको २३ लाख ५५ हजार १ कित्ता शेयर कारोबार हुदा कुल ७३ करोड ६३ लाख १२ हजारको कारोबार भएको छ ।

आज आधिखोला लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने सीवाइसी लघुवित्तको मुल्य ४.०२ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज रिभर फल्स पावरको शेयर मुल्य ५.९३ प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?