आज नेप्से १२.५७ अंकले बढ्यो

`

     २०७९ आषाढ ०२ गते ३:४६

काठमाडौं, असार २ । लगातार ओरालो लागेको नेप्से बिहीबार बढेको छ। आज नेप्से १२.५७ अंकले बढेर १,९७८.९४ बिन्दुमा पुगेको हो।

नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा आज किनबेच रकम घटेको छ। बिहीबार कुल २२१ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ९४ हजार ५९४ सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ। बुधबार भने कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

राष्ट्र बैंकले सेयर धितोमा एकल ग्राहक कर्जा सीमा परिमार्जनसहित लागू गर्ने सम्भावनाका हल्लाहरू चलेकोले पनि आज बजार बढ्न सहयोग पुगेको देखिन्छ।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये लाइफ इन्स्योरेन्स र इनभेस्टमेन्टबाहेक सबैको मूल्य बढेको छ। लाइफ इन्स्योरेन्सको पनि जम्मा ०.०४ प्रतिशत र इनभेस्टमेन्टको ०.१ प्रतिशतले घटेको हो। यीबाहेक आज सबैभन्दा धेरै अन्यको २.८१ प्रतिशत र ट्रेडिङको १.४८ प्रतिशतले बढेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १३ करोड ८८ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको १० करोड ३५ लाख ४ हजार रुपैयाँ, सिभिल बैंकको ४ करोड ७१ लाख १९ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको ३ करोड ५७ लाख २३ हजार रुपैयाँ र नबिल बैंकको २ करोड ५० लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?