एजेन्सी, जेष्ठ ३१ । युइएफए नेसन्स लिगमा गएराति भएको खेलमा डेनमार्कले अष्ट्रियालाई २-० गोलको अन्तरले पराजित गर्दौ सहज जित निकालेको छ ।
डेनमार्कलाई जित दिलाउनको लागि जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले १-१ गोल गरे ।
खेलको २१औं मिनेटमा जोनास वाइन्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा एन्ड्रिएस स्कभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल डेनमार्कले जित्यो । यो जितसँगै डेनमार्क ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।




