काठमाडौँ, जेठ २९ । चुँदी खोलामा माछा मार्नका लागि गएका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको खोलाले बगाएर ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए।
दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका खडकाले जानकारी दिए । उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।




