न्युजिल्याण्डका कप्तान केनले ग्लयाण्ड विरुद्धको दोस्रो टेष्ट गुमाउने

`

     २०७९ ज्येष्ठ २७ गते २:४८

काठमाडौं, जेठ २७ । न्युजिल्याण्डका कप्तान केन विलियमसनले शुक्रबारदेखि टेन्ट ब्रिजमा सुरु हुने इंग्लयाण्ड विरुद्धको दोस्रो टेष्ट कोरोना संक्रमणका कारण गुमाउने भएका छन् ।

विहीबार सामान्य लक्षण देखिएपछि केन विलियम्सनको र्‍यापिड एन्टिजेन परीक्षण गरिएको थियो । कोभिड १९ पोजेटिभ देखिएपछि अब उनले ५ दिन आइसोलेसनमा बिताउनुपर्नेछ ।

विलियमसनको अनुपस्थितीमा टम लाथमले न्युजिल्याण्डको कप्तानी सम्हाल्नेछन् भने हामिस रुथरफोर्डलाई टिममा समावेश गरिएको छ ।

‘महत्त्वपूर्ण खेलको पूर्वसन्ध्यामा केन टिमबाट बाहिरिन बाध्य हुनु भनेको केनका लागि कठिन समय हो,’ न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले भने, ‘हामी सबै यस समयमा उनी कति निराश छन् भनेर अनुभव गर्न सक्छौं ।’

विलियमसन बाहेक न्युजिल्याण्डका अरु खेलाडीको परीक्षणमा नेगेटिभ नतिजा आएको छ । तीन खेलको टेष्ट शृंखलामा न्युजिल्याण्ड १–० ले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?