आफ्नै छोरीलाई बलात्कारको गरेको आरोपमा नेकपा एमालेका वडा सदस्य पक्राउ

`

     २०७९ ज्येष्ठ २६ गते १:५८

काठमाडौँ, जेठ २६ । बारामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेकपा एमालेका नवनिर्वाचित वडा सदस्य टल्के थिङ्ग पक्राउ परेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक-पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा टल्के थिङ्गलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?