काठमाडौँ, २४ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ५०९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १५४ पुगेको छ ।
हाल नेपालमा १ सय ७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।




