धोबी खोलामा एक जना पुरुषको शव भेटियो

`

     २०७९ ज्येष्ठ २४ गते १०:४६

काठमाडौं, जेठ २४ । काठमाडौंको धोबी खोलामा एक जना पुरुषको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा एक जना पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?