सभामुख सापकोटाद्वारा पुस्तक तत्काल उपलब्ध गराउन निर्देशन

`

     २०७९ ज्येष्ठ २३ गते ९:०५

काठमाडौं, जेठ २३ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यानकर्षण गराएका थिए ।

सांसदहरुले नै बारमबार सो विषयमा प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । सोही क्रममा आज कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो । मन्त्रालयगत छलफल ३ दिनसम्म जारी रहनेछ ।

मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११ः३० बजे बस्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?