पेट्रोलको मूल्यमा ३० रुपैयाँ बढाएसँगै पाकिस्तानमा पेट्रोलको मूल्य प्रति लिटर २०९ पुग्यो

`

     २०७९ ज्येष्ठ २० गते १२:५०

एजेन्सि, २० जेष्ठ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।

अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।

यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बिजुली महसुल महँगो गर्दै ७.९१ रुपैयाँ प्रति युनिटको वृद्धि गरेको छ । पाकिस्तानमा डिजेल अब २०४.१५ प्रति लिटर छ भने मट्टीतेलको मूल्य १९१.९४ प्रति लिटर पुगेको छ ।

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले यी निर्णयले महँगी बढ्ने र मानिसलाई समस्या पनि पार्ने बताउँदै मुलुकलाई गरिबीबाट जोगाउनका लागि यो आवश्यक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?