काठमाडौं, जेठ १६ । आइतबार अहमदावादमा भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको छ। नवप्रवेशी टिम गुजरात टाइटन्सले आइपिएल २०२२ को उपाधि जितेको हो। यहीँ सिजनदेखि आइपिएलमा प्रतिस्पर्धा गर्न थालेको गुजरात १४ वर्षपछि च्याम्पियन बन्ने राजस्थानको लक्ष्य बाधक बन्यो। राजस्थान पछिल्लो पटक सन् २००८ को पहिलो सिजनमा च्याम्पियन बनेको थियो।
७ विकेटको सहज जित निकाल्ने क्रममा आइतबार राजस्थानले दिएको १३१ रनको सामान्य लक्ष्य गुजरातले ११ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन जोडेको थियो। जितसँगै गुजरातले २० करोड भारू पुरस्कार पाएको छ। उपविजेता राजस्थानले १३ करोड भारू प्राप्त गरेको छ। त्यस्तै, तेस्रो भएको रोयल च्यालेन्जर्स बैंग्लोर ९आरसिबी० ले ७ करोड भारू पाएको छ।
पुरस्कार अवार्ड पाउनेहरु-
विजेता – गुजराज टाइटन्स – २० करोड भारतीय रूपैयाँ
उपविजेता – राजस्थान रोयल्स -१३ करोड भारतीय रूपैयाँ
तेस्रो – रोयल च्यालेन्जर्स बैंलोर- ७ करोड भारतीय रूपैयाँ
चौथो-लखनऊ सुपर जाइन्ट्स- ६.५ करोड भारतीय रूपैयाँ
इमर्जिङ प्लेयर-उमरान मलिक- २० लाख भारतीय रूपैयाँ
ओरेन्ज क्याप- जोश बट्लर (८६३ रन) -१५ लाख भारतीय रूपैयाँ
पर्पल क्याप- युजबेन्द्र चहल (२७ विकेट)- १५ लाख भारतीय रूपैयाँ
सुपर स्ट्राइकर अफ दी सिजन- दिनेश कार्तिक-१५ लाख भारतीय रूपैयाँ ९ टाटा पन्च कार०
सर्वाधिक छक्का- जोश बटलर-१२ लाख भारतीय रूपैयाँ
गेम चेन्जर अफ दी सिजन – जोश बटलर- १२ लाख भारतीय रूपैयाँ
फेयरप्ले अवार्ड अफ दी सिजन- गुजरात टाइटन्स र राजस्थान रोयल्स
पावरप्लेयर अफ दी सिजन- जोश बटलर- १२ लाख भारतीय रूपैयाँ
भ्यालुएबल प्लेयर- जोश बटलर-१२ लाख भारतीय रूपैयाँ
फास्टेट डेलिभरी अफ दी सिजन-लोकी फर्ग्युसन-१० लाख भारतीय रूपैयाँ
सर्वाधिक चौका अफ दी सिजन- जोश बटलर- १० लाख भारतीय रूपैयाँ
क्याच अफ दी सिजन-इभिन लेविस- १० लाख भारतीय रूपैयाँ




