काठमाडौँ, १५ जेष्ठ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् ।
उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ ।




