काठमाडौं ,जेठ १५ । पोखराबाट जोमसोसको लागी उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।
तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।




