काठमाडौं, १४ जेष्ठ। जेठ १९ देखि असार ३ गतेसम्म कोरियन भाषाको परीक्षा सञ्चालन हुने भएको छ । यसअघि वैशाख २६ गतेदेख सञ्चालन हुने तयारी भएपनि स्थानीय तह निर्वाचनका कारण पछि सकेको थियो । परीक्षा २ वर्षपछि हुन लागेको हो। यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ ।
कोरियन भाषा परीक्षामा उर्तिणमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ कम्पनीमा गरी ९ हजार ५ सय १३ नेपालीलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी तयारी भइरहेको छ ।
हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् । पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन सकेन । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।




