काठमाडौँ, जेठ ११ । झापामा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोलमा बस्ने २० वर्षीय सुजन भुजेललाई बलात्कार गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सुजन भुजेललाई पक्राउ गरेको हो ।
सुजन भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




