गहुँ पछि चिनी निर्यातमा भारतले लगायो रोक

`

     २०७९ ज्येष्ठ ११ गते २:३०

काठमाडौँ, जेष्ठ ११ । भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमको अनुसार जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको हो । यसअघि भारतले गहुँ निर्यातमा रोक लगाएको छ ।

भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो । भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ ।

युक्रेनमाथि रुसको आक्रमणले गर्दा खाद्य संकट बढ्न सक्ने अनुमान समेत हुन थालेको छ । मलेसियाले जुन १ देखि कुखुराको मासु निर्यातमा रोक लगाएको छ । इन्डोनेसियाले हाल पाम तेलमा रोक लगाएकमो छ भने सर्विया र कजाकिस्तानले पनि खाद्यान्न निर्यातमा कोटा लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?