काठमाडौँ, १० जेष्ठ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामा १६ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
सोहि अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । गत वर्षको १० महिनामा नेपालबाट विदेशतर्फ १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो ।
चालू वर्षमा आयात निर्यातसँगै व्यापारघाटा पनि बढेको छ । चालू वर्षमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको छ । जुन, गत वर्षको तुलनामा २४.९४ प्रतिशत वृद्धि हो ।




