काठमाडौँ, जेष्ठ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २७७ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ ।
साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।




