advertisement

अर्थमन्त्री डा। खतिवडाले मध्यावधि समीक्षामा बजेटको आकार घटाउँदा पनि आर्थिक वृद्धिदर लक्ष्य आसपास हुने दोहोर्‍याउँदै आएका छन्। उनले बजेट वक्तव्यमा पनि ८।५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेका थिए।केन्द्रीय तथ्यांक विभागले चालु आवको दोस्रो त्रैमासिक तथ्यांकका आधारमा आगामी महिना चालु आवको आर्थिक वृद्धिदर प्रक्षेपण गर्नेछ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित हुने - Sarbocha Media

आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित हुने

`

     २०७६ फाल्गुन ०८ गते ३:१९

काठमाडौं, ८ फागुन । राष्ट्रिय योजना आयोगले चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने जनाएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो।

संसद्को अर्थ समितिको बुधबारको बैठकमा आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले चालु आवमा आर्थिक वृद्धिदर उत्साहजनक नहुने बताए। आयोग केन्द्रीय तथ्यांक विभागको तालुक निकाय हो। उनले भने, ‘चालु वर्षमा ४.५ देखि ५ प्रतिशत हुन सक्छ।’

उपाध्यक्ष कँडेलले सरकारको खर्च र राजस्वको अवस्थामा गत वर्षको तुलनामा खासै सुधार नभएको, निजी लगानी उल्लेख्य नबढेको, व्यापारको आकार घटेको अवस्थामा लक्षित वृद्धिदर हासिल नहुने बताएका हुन्।

केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक तथ्यांकका आधारमा चालु वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। यद्यपि उक्त प्रक्षेपण सार्वजनिक गरिएन। ‘कमजोर पुँजीगत खर्च र राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदा बजेटमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने भएको हो,’ उपाध्यक्ष कँडेलले भने, ‘पुँजीगत खर्चकै कारण समस्या हुने भयो।’ उनले जुन उद्देश्यले अर्थतन्त्रमा नीतिगत परिवर्तन गरिएको थियो, त्यसअनुसार कार्यान्वयनमा जान र निजी क्षेत्रको आत्मविश्वास जित्न नसकिएको बताए।

advertisement

अर्थमन्त्री डा। खतिवडाले मध्यावधि समीक्षामा बजेटको आकार घटाउँदा पनि आर्थिक वृद्धिदर लक्ष्य आसपास हुने दोहोर्‍याउँदै आएका छन्। उनले बजेट वक्तव्यमा पनि ८।५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेका थिए।केन्द्रीय तथ्यांक विभागले चालु आवको दोस्रो त्रैमासिक तथ्यांकका आधारमा आगामी महिना चालु आवको आर्थिक वृद्धिदर प्रक्षेपण गर्नेछ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?