advertisement

घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो। आयोगको निर्णयमा भनिएको छ, ‘ती बालकलाई बाल संगठन नक्सालमार्फत धर्मपुत्रका रूपमा पठाएको भन्ने देखिँदा धर्मपुत्रसम्बन्धी कानुनी व्यवस्था, नीतिसमेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्न÷गराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबुआमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नरगराउन सरकारलाई नीतिगत सिफारिस गर्ने।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> काखबाटै सन्तान चोरेर विदेश - Sarbocha Media

काखबाटै सन्तान चोरेर विदेश

`

     २०७६ फाल्गुन ०८ गते १:१९

काठमाडौं, ८ फागुन । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए। खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए।

घटना १० वर्षअघिको हो। उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो। बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन। उल्टै ज्यानको धम्की आउन थाल्यो। बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए। आयोगले ती बालकको खोजी गर्‍यो। पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली पुर्‍याइएका रहेछन्।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्‍याइएको पाइयो। सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो।’

advertisement

घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो। आयोगको निर्णयमा भनिएको छ, ‘ती बालकलाई बाल संगठन नक्सालमार्फत धर्मपुत्रका रूपमा पठाएको भन्ने देखिँदा धर्मपुत्रसम्बन्धी कानुनी व्यवस्था, नीतिसमेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्न÷गराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबुआमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नरगराउन सरकारलाई नीतिगत सिफारिस गर्ने।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?