काठमाडौँ, ३० वैशाख । माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा रहेको मतदान केन्द्रमा मतदानपूर्व गएराति दुवै पक्षबीच झडप भएपछि खुकुरी हानाहान भएको हो ।
प्रहरीको अनुसार खुकुरी लागेर दुवै पक्षका १-१ जना घाइते भएको छ । घाइते हुनेमा वाईसीएलका नेता राजु शाही र एमाले कार्यकर्ता विजय थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घाइते शाही र थापाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।




